Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक आज, के-के छन् एजेण्डा ?

    राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक आज, के-के छन् एजेण्डा ?

    अनलाइन नेपाल
  • शनिबार, ५ फाल्गुन २०८०
  • 456
    SHARES

    काठमाडौँ । राप्रपा नेपालको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दैछ । बैठक आज काठमाडौँमा बस्न लागेको हो ।

    बैठकमा केन्द्रीय कार्य समितिले गरेका निर्णय कार्यान्वयनको अवस्था, सात क्षेत्र र तराई–मधेस क्षेत्रमा सञ्चालन गरिएको प्रशिक्षणको समीक्षा, पार्टीको साङ्गठनिक अवस्था, भावी कार्ययोजना तथा आन्दोलन र बृहत् राष्ट्रवादी मोर्चा निर्माणका बारेमा छलफल हुने बताइएको छ ।



    उनका अनुसार पार्टी अध्यक्ष कमल थापाले बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको आगामी कार्यदिशा बारे धारणा राख्नेछन्।



    यस अघि बसेको पार्टी केन्द्रीय समिति बैठकले गणतन्त्र ,धर्मनिरपेक्षता र सङ्घीयताको बाटो असफल भएकोले व्यवस्था र प्रणाली परिवर्तन गर्नको लागि आन्दोलनमा जाने निर्णय गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार