Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • राप्रपा नेपालले गर्ने जनप्रदर्शनको तयारी सुरु, २९ ठाउँमा कोण सभा !

    राप्रपा नेपालले गर्ने जनप्रदर्शनको तयारी सुरु, २९ ठाउँमा कोण सभा !

    अनलाइन नेपाल
  • शनिबार, १२ फाल्गुन २०८०
  • 720
    SHARES

    काठमाडौं । राप्रपा नेपालले आगामी चैत्र १ गते काठमाडौंमा गर्ने बृहत् जनप्रदर्शनको तयारी सुरु गरेको छ । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको बैठकले विभिन्न समितीहरु पनि गठन गरेको हो ।

    चैत्र १ गतेको जनप्रदर्शनलाई प्रभाबकारी बनाउनको निमित्त उपत्यकाको २९ स्थानमा कोणसभाहरु गरिने निर्णय भएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।



    आगामी फागुन १८ गते काठमाडौंको १ र ६ नम्बर क्षेत्रबाट कोणसभाको शुभारम्भ हुनेछ। उपत्यकाको काठमाडौं ,ललितपुर ,भक्तपुरका सबै क्षेत्रमा कोणसभाहरु आयोजना हुनेछन्।



    बैठकले राजिब पराजुली , केशबराज श्रेष्ठ र दमन बस्नेत रहेकोे आर्थिक समिती गठन गरिएको छ । यसै गरि पुरु दाहाल , बिकास प्रजापती र कुमार गजुरेल रहेको सामाजिक संजाल परिचालन समिति गठन गरेको छ।

    राप्रपा नेपालले भ्रष्ट व्यवस्थाको अन्त्य गर्न, हिन्दुराष्ट्र र राजासंस्था स्थापना गर्न, प्रदेश संरचना खारेज गर्न, भ्रष्टहरूलाई कानुनको कठघरामा उभ्याउन, मिटरव्याज,लघुवित्त र सहकारी पिडितको समस्या समाधान गर्न जनआन्दोलनको तयारी गर्ने राप्रपा नेपालले निर्णय गरेको थियो । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार