Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • आज सेना दिवस : विपदमा ‘सारथी’ बन्दै सेना

    आज सेना दिवस : विपदमा ‘सारथी’ बन्दै सेना

    अनलाइन नेपाल
  • शनिबार, ६ फाल्गुन २०७९
  • 477
    SHARES

    काठमाडौं । नेपाली सेना देशको सुरक्षा संयन्त्रको एउटा मुख्य अंग हो । सेना युद्धका लागि मात्रै होइन पछिल्ला समय देशमा आइपर्ने जस्तासुकै विपद्का घटनामा पनि जनताको मुख्य सारथी बन्दै आइरहेको छ ।

    नेपाली सेनाले भूकम्प तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरका महामारी, बाढीपहिरोजस्ता प्राकृतिक विपद्, आगलागी, विमान दुर्घटना तथा हवाई उद्धारजस्ता घटनामा पनि आफूलाई अग्रपंक्तिमा उभ्याउँदै आएको छ ।



    नेपालको संविधानको भाग २८ को धारा २६७ को उपधारा (४) ले सेनालाई नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षाका लागि संविधानप्रति प्रतिबद्ध संगठन मानेको छ ।



    त्यस्तै, संविधानले नै सेनालाई सरकारले संघीय कानुनबमोजिम विकास निर्माण र विपद् व्यवस्थापनलगायतका अन्य कार्यमा समेत परिचालन गर्न सक्ने अधिकार दिएको छ । संविधानले नै दिएको अधिकारलाई सदुपयोग गर्दै सेनाले विकास निर्माण र विपद्मा आफूलाई देश र जनताप्रति जिम्मेवार देखाउँदै आइरहेको छ ।

    सेनासँग हाल १३ हजार ८ सय २० जना विपद्मा परिचालन गर्न सकिने तालिमप्राप्त विशेष दक्ष जनशक्ति छन् । त्यसबाहेक सेनाको सिंगो संरचना नै भइपरी आउने जुनसुकै अवस्थाका लागि तयार रहँदै आइरहेको छ ।

    २०७२ सालको महाभूकम्पबाट हजारौं नेपाली नागरिक घरबारविहीन हुँदा होस् या कोरोना महामारीका समयमा हजारौंले ज्यान गुमाउँदा सेनाले सिंगो संगठनलाई नै दाउमा राखेर जनताप्रति समर्पित गराइदिएको छ । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार