Online Nepal
  • शनिबार, १२ जेष्ठ २०८१
  • घानाका फुटबलर अत्सु टर्कीको भग्नावशेषमा मृत भेटिए

    घानाका फुटबलर अत्सु टर्कीको भग्नावशेषमा मृत भेटिए

    अनलाइन नेपाल
  • शनिबार, ६ फाल्गुन २०७९
  • 711
    SHARES

    एजेन्सी । घानाका फुटबलर क्रिस्टियन अत्सु गत साता टर्कीको भूकम्पको भग्नावशेषमा मृत अवस्थामा भेटिएका छन् । शनिबार उनको मृत शरीर भग्नावशेषबाट निकालिएको हो ।

    फेब्रुअरी ६ मा गएको भूकम्पमा हतायस्थित उनी बसेको भवन भत्किँदा त्यसयता उनी सम्पर्कविहीन थिए । शनिबार उद्धार टोलीले ३१ वर्षीय अत्सुको मृत शरीर भग्नावशेषबाट निकालेको जनाएको छ ।



    इङ्लिस प्रिमियर लिग क्लब एभर्टन, चेल्सी र न्युक्यासल युनाइटेडसँग खेलेपछि अत्सु गत वर्ष सेप्टेम्बरमा ह्याटेस्पोरमा आबद्ध भएका थिए। ह्याटेस्पोरले उनको मृत्युको खबरसँगै श्रद्धाञ्जली व्यक्त गरेको छ ।



    उनी एक अब्बल खेलाडी भएको र उनलाई सधैँ स्मरण गरिरहने ह्याटेस्पोरले जनाएको छ । घानाको राष्ट्रिय टोलीका खेलाडी अत्सुको मद्दतमा २०१५ मा अफ्रिका कप फाइनलमा पुर्‍याएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार