Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • राष्ट्रपतिबाट माफी पाएका सांसद चौधरी आज जेलमुक्त हुँदै

    राष्ट्रपतिबाट माफी पाएका सांसद चौधरी आज जेलमुक्त हुँदै

    अनलाइन नेपाल
  • आइतबार, ७ फाल्गुन २०७९
  • 420
    SHARES

    कैलाली । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी आज रिहा हुने भएका छन् ।

    २०६६ सालको घटनामा २०७० सालमा दोषी ठहर भइ हालै मात्रै जल चलान भएका सांसद चौधरी राष्ट्रपतिबाट आम माफी पाएपछि आज जेलमुक्त हुन लागेका हुन् ।



    कारागार व्यवस्था विभागका महानिर्देशक चक्रपाणि पाण्डेले राष्ट्रपतिबाट आम माफी पाएर चौधरी छुट्न लागेको बताए । उनले गृह मन्त्रालयले आम माफीको पत्र विभागलाई पठाए लगत्तै उनी छुट्ने बताए ।



    २०६६ भदौ ३ मा ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित ३ जनाविरुद्ध जनही ६ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो। ६ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई प्रहरीले माघ १९ गते बाँकेबाट पक्राउ गरेको थियो ।

    ७३औं प्रजातन्त्र दिवसको अवसरमा सरकारले चौधरीको कैद सजाय मिनाहाका लागि सिफारिस गरेको हो । उनी कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा ३९५ जना कैदीको सजाय माफी गरिदिएकी छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार