Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सांसद चौधरीले भने– राजनीतिक प्रतिशोध साँध्न मलाई कारागार पठाइयो

    सांसद चौधरीले भने– राजनीतिक प्रतिशोध साँध्न मलाई कारागार पठाइयो

    अनलाइन नेपाल
  • आइतबार, ७ फाल्गुन २०७९
  • 429
    SHARES

    धनगढी । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीले राजनीति प्रतिशोध साँध्न आफूलाई कारागारमा राखिएको बताएका छन् ।

    कैलाली कारागारबाट रिहा हुने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले राजनीति प्रतिशोध साँध्न आफूलाई कारागारमा राखिएको बताएका हुन्।



    चौधरीले भने,‘राजनीतिक प्रतिशोध लिएको जस्तो। एउटा राइज भएको पार्टी, अब सानो पार्टी छ। सानो दल छ । यो जसरी उठी रहेको छ त्यसरी नै खुम्च्याइदिउँ भन्ने जुन परिपाटी देखियो त्यो नेपालको राजनीतिमा त्यति राम्रो देखिएको छैन।’



    उदाउन लागेको दललाई खुम्च्याउन खोज्ने परिपाटी नेपाली राजनीतिमा राम्रो नदेखिएको पनि उनले बताए। कारागार बसाईंका क्रममा धेरै कुरा सिकेको र नेपालको कानुन परिमार्जन गर्नुपर्ने पनि उनले सुनाए।

    प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको आममाफी अनुसार सांसद चौधरी रिहा भएका हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार