Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • रिहा भए नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी,स्वागत गर्न पुगिन् रञ्जिता

    रिहा भए नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी,स्वागत गर्न पुगिन् रञ्जिता

    अनलाइन नेपाल
  • आइतबार, ७ फाल्गुन २०७९
  • 489
    SHARES

    धनगढी । नागरिक उन्मुक्ति पार्टीका निलम्बित प्रतिनिधि सभा सदस्य अरुण चौधरी जेलबाट रिहा भएका छन्।

    जिल्ला कारागार कैलालीमा रहेका उनी राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सजाय माफी पाएसँगै रिहा भएका हुन् ।



    नागरिक उन्मुक्तिका सांसद चौधरी पक्राउपछि निलम्बनमा थिए । उनको स्वागतका लागि नागरिक उन्मुक्तिको अध्यक्ष रञ्जिता श्रेष्ठ कारागार पुगेकी थिइन् ।



    प्रहरीले कैलाली-२ बाट निर्वाचित सांसद चौधरी माघ १९ गते बाँकेबाट पक्राउ गरेको थियो। करिब १२ वर्षअघि उनलाई जिल्ला अदालत कैलालीले ट्याक्टरमा आगो लगाएको आरोपमा ६ महिना कैद सजाय सुनाएको थियो। सोही आदेशअनुसार उनी जेल २० गते चलान भएका थिए।

    पार्टीका अन्य नेता, कार्यकतर्ता र शुभेच्छुकले उनलाई अबीर र खादा लगाइदिए । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा ३९५ जना कैदीको सजाय माफी गरिदिएकी हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार