Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सांसद अरुण चौधरीको माफी मिनाहाको फाइल राष्ट्रपति कार्यालय पुग्यो

    सांसद अरुण चौधरीको माफी मिनाहाको फाइल राष्ट्रपति कार्यालय पुग्यो

    अनलाइन नेपाल
  • शुक्रबार, ५ फाल्गुन २०७९
  • 846
    SHARES

    काठमाडौं । सरकारले नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीको कैद मिनाहाको प्रक्रिया अघि बढाउने निर्णय गर्दै फाइल राष्ट्रपति कार्यालयमा पठाएको छ ।

    महान्यायाधिवक्ता कार्यालयको रायका आधारमा गृह मन्त्रालयले कैद मिनाहाका लागि फाइल मन्त्रिपरिषदमा पठाएको थियो । मन्त्रिपरिषदले फाइल राष्ट्रपति कार्यालयमा पठाउने निर्णय गरिसकेको हो ।



    कैद माफी मिनाहाको अन्तिम निर्णय राष्ट्रपतिबाट हुन्छ । राष्ट्रपति कार्यालयले आगामी ७ फागुनमा प्रजातन्त्र दिवसका अवसरमा असल चालचलन भएका केही कैदीहरुको कैद माफीमिनाहा गर्दैछ ।



    कैलाली–२ बाट निर्वाचित सांसद चौधरीमाथि ट्याक्टरमा आगो लगाएको आरोपमा ६ महिना कैद सजायको फैसला भएको थियो । उनी सांसद बनेपछि पक्राउ परेका थिए ।

    यस्तै, ओखलढुङ्गाका उज्जनकुमार श्रेष्ठको हत्यामा सर्वोच्च अदालतबाट जन्मकैद सदर भएका पुष्कर गौतमको कैद मिनाहाको प्रक्रिया अघि बढाउने निर्णय गरेर त्यसको फाइल समेत राष्ट्रपति कार्यालयमा पठाएको छ।

    महान्यायाधिवक्ता कार्यालयको रायसहित गृह मन्त्रालयले सासंद चौधरी र गौमतको कैद मिनाहाका लागि मन्त्रिपरिषद्‌मा पठाएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार