Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • निलम्बित सांसद चौधरीलाई बयानका लागि अदालत पुर्‍याइयो

    निलम्बित सांसद चौधरीलाई बयानका लागि अदालत पुर्‍याइयो

    अनलाइन नेपाल
  • बुधबार, ३ फाल्गुन २०७९
  • 489
    SHARES

    कैलाली । निलम्बित सांसद अरुण चौधरीलाई बयानका लागि जिल्ला अदालत कैलालीमा उपस्थित गराएको छ ।

    माघ १९ मा बाँकेबाट पक्राउ परेका चौधरीलाई रिहाको माग गर्दै माघ २२ गते उच्च अदालत दिपायलमा उत्प्रेषण परमादेश र मा २७ मा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरिएको थियो ।



    माघ २९ गते देश बहादुर सार्कीको इजलासमा परेको बन्दी प्रत्यक्षीकरण रिटमा आज अरुण चौधरीलाई बयानका लागि जिल्ला अदालत उपस्थित हुन आदेश जारी गरिएको थियो ।



    उच्च अदालत दिपायलमा सुनुवाइ भइरहेको उक्त मुद्दामा चौधरीले कैलाली अदालतबाटै भिडियो प्रविधि मार्फत बयान दिने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार