Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • त्रिभुवन विमानस्थलको सर्भर डाउन, अन्तर्राष्ट्रिय उडान प्रभावित

    त्रिभुवन विमानस्थलको सर्भर डाउन, अन्तर्राष्ट्रिय उडान प्रभावित

    अनलाइन नेपाल
  • सोमबार, ८ फाल्गुन २०७९
  • 738
    SHARES

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागनम विभागको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय तर्फको उडान प्रभावित भएको छ ।

    सोमबार दिउँसो करिब १ बजेदेखि विमानस्थलको अध्यागमन विभागमा सफ्टवेयरमा समस्या आउँदा अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका हुन् ।



    सर्भरले काम नगर्दा आवागमन र प्रस्थानतर्फ भिसा र पासपोर्टको डिजिटल अध्ययन हुन नसकेकोले उडान प्रभावित भएको अध्यागमन विभागले बतायो ।



    यस समस्याले अध्यागमनको डिपाचर, इम्रिग्रेसनको काम रोकिँदा उडानहरू समेत प्रभावित हुन पुगेका छन् ।

    सर्भर बिग्रिएको कारण फ्लाई दुबई, एयर इन्डिया, इण्डिको एयर, थाई स्माइल, मलेसियन एयरलगायतका ९ वटा जति उडान प्रभावित भएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार