Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • टर्कीमा फेरि अर्को शक्तिशाली भूकम्प, तीन जनाको मृत्यु

    टर्कीमा फेरि अर्को शक्तिशाली भूकम्प, तीन जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, ९ फाल्गुन २०७९
  • 564
    SHARES

    एजेन्सी । टर्कीमा फेरि शक्तिशाली भूकम्प गएको छ ।

    सिरियासँग सीमा जोडिएको देशको दक्षिणी क्षेत्रमा सोमबार राति स्थानीय समय अनुसार ८ः४४ मा ६.४ म्याग्निच्युडको भूकम्प गएको हो ।



    भूकम्पमा परी तीन जनाको मृत्यु भएको छ भने ६८० भन्दा बढी घाइते भएको बताइएको छ । सिरिया र टर्कीमा भूकम्पको धक्का महसुस गरिएको छ ।



    फागुन ६ गते गएको ७.८ म्याग्निच्युडको भूकम्प गएको करिब तीन सातापछि यो भूकम्प आएको हो।

    फेब्रुअरी ६ मा गएको भूकम्पले टर्की र सिरियामा ४४ हजारभन्दा बढी मानिसको ज्यान लिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार