Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • दीपेन्द्रको ‘नाङ्गो गाउँ’ मा साम्राज्ञी र कार्म

    दीपेन्द्रको ‘नाङ्गो गाउँ’ मा साम्राज्ञी र कार्म

    अनलाइन नेपाल
  • मंगलबार, ९ फाल्गुन २०७९
  • 633
    SHARES

    काठमाडौं। दीपेन्द्र लामाको निर्देशन रहने फिल्म ‘नाङ्गो गाउँ’ मा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता कर्मा शाक्य भित्रिएका छन् ।

    निर्माण टिमले साम्राज्ञी र कार्मसँग सोमबार कागजी सम्झौता गरेका हुन्। फिल्ममा यसअघि नै नायक दयाहाङ राई र नायिका मिरुना मगर फाइनल भैसकेका छन् ।



    योसँगै निर्माणपक्षले कलाकारको लाइनअप पूरा गरेको छ । आलोक शुक्लाको छायाङ्कन रहने फिल्ममा शिशिर वाङ्देल, रविन्द्र झा, वुद्दि तामाङ, पुष्कर गुरुङ लगायतका कलाकारको समेत अभिनय रहनेछ ।



    मनिुस्मा फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुन लागेको फिल्मको छायाङ्कन फागुनको अन्तिम साताबाट सुरु हुनेछ । काभ्रेमा छायाङ्कन हुने फिल्ममा हिमाल शर्माको लगानी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार