Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • स्वास्थ्य मन्त्री गिरी स्वीटजरल्याण्ड प्रस्थान

    स्वास्थ्य मन्त्री गिरी स्वीटजरल्याण्ड प्रस्थान

    अनलाइन नेपाल
  • बुधबार, १० फाल्गुन २०७९
  • 678
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी स्वीटजरल्याण्ड प्रस्थान गरेका छन् ।

    स्वीटजरल्याण्डको मोन्ट्रक्समा आयोजना हुने बिरामी सुरक्षासम्बन्धी पाँचौँ विश्व मन्त्रिस्तरीय शिखर सम्मेलनमा भाग लिन मन्त्री गिरी स्वीटजरल्याण्ड प्रस्थान गरेका हुन् ।



    उनी गए राति त्यसतर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ । सम्मेलनमा विश्वका विभिन्न देशका स्वास्थ्यमन्त्रीको सहभागिता हुने बताइएको छ।



    मन्त्रीसँगै मन्त्रालयका नीति तथा योजना महाशाखा प्रमुख डा कृष्णप्रसाद पौडेल र मन्त्रीका प्रमुख स्वकीय सचिव लक्ष्मण गिरीसमेत स्वीटजरल्याण्ड गएका छन् । मन्त्री गिरी सम्मेलनमा भाग लिई यही फागुन १४ गते स्वदेश फर्कने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार