Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • स्वास्थ्यमन्त्री गिरी र विश्व स्वास्थ्य संगठनका महानिर्देशकबीच भेटवार्ता

    स्वास्थ्यमन्त्री गिरी र विश्व स्वास्थ्य संगठनका महानिर्देशकबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बिहिबार, ११ फाल्गुन २०७९
  • 462
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एडहानोम गेब्रेयसससँग भेटवार्ता गरेका छन् ।

    विरामी सुरक्षा सम्बन्धी पाँचौं मन्त्रीस्तरीय शिखर सम्मेलनमा सहभागी हुन स्वीट्जरल्यान्ड पुगेका मन्त्री गिरीले गेब्रेयसससँग भेटवार्ता गरेका हुन् ।



    भेटमा मन्त्री गिरी र गेब्रेयसबीच विश्व स्वास्थ्य संगठनले नेपालको स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदान, खोपबाट बचाउन मिल्ने रोगहरूको नियन्त्रण, रोकथाम र उन्मूलनमा खेलेको भूमिकालगायत विषयमा छलफल भएको छ ।



    डा. गेब्रेयससले नेपालले स्वास्थ्य क्षेत्रमा ठूलो फड्को मारेको भन्दै डब्ल्यूएचओले गरिरहेको सहयोगलाई निरन्तर दिने प्रतिबद्धता जनाएका मन्त्री गिरीको सचिवालयले जनाएको छ ।

    यस्तै मन्त्री गिरीले नसर्ने रोग र मानसिक स्वास्थ्य तथा प्रति जैविक औषधीको प्रतिरक्षा प्रणालीलगायतका हाल भइरहेका गतिविधिहरू विस्तार र आपसी सहकार्य समन्वय गर्ने कुरा राखेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार