Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • आजदेखि आत्मनिर्भर लघुवित्तको आईपीओ बिक्री खुला

    आजदेखि आत्मनिर्भर लघुवित्तको आईपीओ बिक्री खुला

    अनलाइन नेपाल
  • बिहिबार, ११ फाल्गुन २०७९
  • 498
    SHARES

    फाइल फोटो

    काठमाडौं । आत्मनिर्भर लघुवित्तको साधारण सेयर (आईपीओ) का लागि आवेदन खुला भएको छ ।

    लघुवित्तले आजदेखि सर्वसाधारणका लागि २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको २ लाख ३ हजार ३८० कित्ता आईपीओ बिक्री खुला गरेको हो ।



    लघुवित्तले १० प्रतिशत अर्थात् २० हजार ३३८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि यसअघि निष्कासन गरिसकेको छ ।



    यस्तै, जारी पुँजीको ०।५५ अर्थात् ३ हजार ११७ कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशत अर्थात् १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। बाँकी रहेको १ लाख ६९ हजार ७५५ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्।

    सर्वसाधारण लगानीकर्ताले यसमा फागुन १५ गतेसम्म आवेदन दिन पाउनेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा भने फागुन २५ गतेसम्म पनि भर्न पाइनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार