Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • राष्ट्रपति निर्वाचन : निर्णायक संवादमा प्रमुख दल

    राष्ट्रपति निर्वाचन : निर्णायक संवादमा प्रमुख दल

    अनलाइन नेपाल
  • शुक्रबार, १२ फाल्गुन २०७९
  • 348
    SHARES

    काठमाडौं । सत्ता साझेदार र प्रमुख प्रतिपक्षीसहितका राजनीतिक दल राष्ट्रपति निर्वाचनको उम्मेदवार तय गर्न अन्तिम तयारीमा जुटेका छन् ।

    राष्ट्रपति पदको निर्वाचनका लागि फागुन १३ गते शनिबार उम्मेदवारी मनोनयनको निर्वाचन कार्यतालिका तोकिएकाले दलहरूले अन्तिम चरणको छलफल तीव्र पारेका हुन् ।



    राष्ट्रपति निर्वाचनको सन्दर्भमा बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताबीच छलफल भएको छ।



    प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवसहित शीर्ष नेताहरू सहभागी बैठकमा राष्ट्रपति पदको उम्मेदवार कसलाई बनाउने भन्ने सन्दर्भमा कुराकानी भएको छ। राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार