Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • राष्ट्रपतिमा कांग्रेसलाई सघाउन प्रधानमन्त्री सकारात्मक छन् : प्रवक्ता महत

    राष्ट्रपतिमा कांग्रेसलाई सघाउन प्रधानमन्त्री सकारात्मक छन् : प्रवक्ता महत

    अनलाइन नेपाल
  • शुक्रबार, १२ फाल्गुन २०७९
  • 528
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले चार दलीय बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई सघाउन सकारात्मक रहेको बताएका छन् ।

    प्रवक्ता महतले प्रधानमन्त्री दाहाल कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्न सकारात्मक रहेको बताएका हुन् ।



    उनले भने,‘हामीले राष्ट्रपतिको निर्वाचनमा कांग्रेसको उम्मेदवारलाई अन्य दलहरुले सहयोग गरुन् भन्ने नै हाम्रो अपेक्षा हो । त्यसमा प्रधानमन्त्रीको पनि सकारात्मक कुरा नै थियो ।



    अन्य दलहरुले पनि सकारात्मक कुरा नै गर्नुभएको छ । त्यसै सिलसिलामा पनि छलफल भएको छ, बेलुका पनि छलफल हुँदैछ । आज बेलुकासम्म त्यहाँबाट एउटा निस्कर्ष निस्किन्छ । भोलि त नोमिनेसन गर्नु नै छ।’

    महतले राष्ट्रपतिको निर्वाचनमा कांग्रेसको उम्मेदवारलाई अन्य दलहरुले सहयोग गरुन् भन्ने अपेक्षा राखेको र त्यसमा अन्य दलहरु पनि सकारात्मक रहेको बताए ।

    शुक्रबार साँझ बस्ने चार दलीय बैठकले सो निर्णय गर्ने पनि उनको दाबी थियो । संविधानको रक्षाका लागि पनि नेपाली कांग्रेसकै राष्ट्रपति हुनु आवश्यक रहेको उनको भनाइ थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार