Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • तेह्रथुमको चुहानडाँडामा भीषण आगलागी : १३ घर जलेर नष्ट, आगलागी नियन्त्रण बाहिर

    तेह्रथुमको चुहानडाँडामा भीषण आगलागी : १३ घर जलेर नष्ट, आगलागी नियन्त्रण बाहिर

    अनलाइन नेपाल
  • शुक्रबार, १२ फाल्गुन २०७९
  • 453
    SHARES

    तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका-६ चुहानडाँडाको हातिखर्कमा भीषण आगलागी भइरहेको छ ।

    घोडेटार सामुदायिक वनबाट आगो बस्तीमा आएको हो । हालसम्म १३ घर जलेको चुहानडाँडा प्रहरी चौकीले जनाएको छ । आगलागी नियन्त्रण बाहिर रहेको छ ।



    हावाहुरी चलिरहेकाले आगलागी फैलिरहेको छ । आज अपराह्न गाउँको पुछारमा रहेको फक्चुवाखोला दोभानको जंगलबाट सल्किएको आगो गाउँको बीचमा रहेको माझीटार सामुदायिक वनमा सल्किएको थियो ।



    सो आगो हात्तिखर्क गाउँको बस्तीसम्म फैलिएको प्रहरीले जनाएको छ । आगो निभाउने कार्यमा प्रहरी र स्थानीयबासिन्दा खटिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार