Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • पाँचथरमा आगलागीबाट जलेर दुई बालकको मृत्यु

    पाँचथरमा आगलागीबाट जलेर दुई बालकको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, १२ फाल्गुन २०७९
  • 534
    SHARES

    फाइल तस्विर

    पाँचथर । आगलागीमा परेर पाँचथरको हिलिहाङ गाउँपालिका ७ भारपामा दुई बालकको मृत्यु भएको छ ।

    प्रेम पन्थाकको घरमा आगलागी हुँदा हिलिहाङ-५ का श्रण पन्थाकका ५ वर्षीय छोरा सेसेहाङ पन्थाक र फिदिम-५ का सन्तोष खातीको ४ वर्षीय छोरा निशान खातीको मृत्यु भएको हो ।



    जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार शुक्रबार अपराह्न घरमा आगलागी भएको थियो । परिवारका सदस्य काममा गएका बेला घरमा आगलागी भएको बताइएको छ । आगोले घर जलेर पूर्ण रुपमा क्षति भएको छ ।



    उनीहरुको शव घरको माथिल्लो तलामा जलेर चिन्नै नसक्ने अवस्थामा भेटिएको पाँचथर प्रहरीले जनाएको छ । खरले छाएको घरमा आगलागी भएको थियो । यद्यपि आगो के कसरी लाग्यो भन्ने खुलेको छैन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार