Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • सरकार र राष्ट्रपतिबारे निर्णय गर्न एमाले सचिवालय बैठक बस्दै

    सरकार र राष्ट्रपतिबारे निर्णय गर्न एमाले सचिवालय बैठक बस्दै

    अनलाइन नेपाल
  • शनिबार, १३ फाल्गुन २०७९
  • 363
    SHARES

    काठमाडौं । राष्ट्रपति निर्वाचन र सरकारबाट बाहिरिनेबारे छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।

    बैठक बिहान ९ बजेका लागि पार्टी कार्यालयमा बोलाइएको हो । राष्ट्रपति पदका लागि आज उम्मेदवारी मनोनयन हुने भएकोले उम्मेदवारी दिने या नदिने तथा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा पनि आजको बैठकले ठोस निर्णय दिने बताइएको छ ।



    त्यसैले शनिबारको सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय लिने बताइएको छ ।



    शुक्रबार साँझ बालुवाटारमा बसेको आठ दलको बैठकले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई सघाउने निर्णय गरेको थियो। यो सहमतिसँगै पुस १० मा निर्माण भएको एमाले र माओवादी केन्द्र लगायतका दलहरुको गठबन्धन भत्किएको छ।

    राष्ट्रपतिको निर्वाचन यही फागुन २५ मा हुँदैछ। त्यसका लागि शनिबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ता हुँदैछ। आजै उम्मेदवारहरुको सूची प्रकाशित हुनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार