Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • राष्ट्रपति निर्वाचनको लागि उम्मेदवारी दर्ता आज

    राष्ट्रपति निर्वाचनको लागि उम्मेदवारी दर्ता आज

    अनलाइन नेपाल
  • शनिबार, १३ फाल्गुन २०७९
  • 402
    SHARES

    काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ता हुनेछ ।

    यसअघि हिजो अन्तिम नामावली प्रकाशन गरिएको थियो । बिहान १० बजेदेखि अपराह्न ३ बजेभित्र उमेदवारी दर्ता गर्नुपर्नेछ ।



    निर्वाचन कार्यतालिका अनुसार राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ ।



    राष्ट्रपति पदमा मनोनयन दर्ता गर्दा पाँचजना प्रस्तावक र पाँचजना समर्थक हुनुपर्नेछ । राष्ट्रपतिको निर्वाचनको मतदाता नामावलीमा नाम भएको व्यक्ति प्रस्तावक र समर्थक हुनुपर्नेछ ।

    प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई मतदानस्थल तोकिएको छ । मतदानका लागि दुईवटा मतदान केन्द्र रहनेछन् ।

    आयोगले राष्ट्रपति निर्वाचनका लागि शुक्रबार अन्तिम मतदाता नामावली सार्वजनिक गरिसकेको छ। आयोगले सार्वजनिक गरेको सूचीमा प्रदेश सभाका ५५० र संघीय संसद्का ३३२ सदस्यको नामावली उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार