Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • राष्ट्रपति निर्वाचन : आज उम्मेदवारको नामावली प्रकाशन गरिँदै

    राष्ट्रपति निर्वाचन : आज उम्मेदवारको नामावली प्रकाशन गरिँदै

    अनलाइन नेपाल
  • सोमबार, १५ फाल्गुन २०७९
  • 423
    SHARES

    काठमाडौं । राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत आज उम्मेदवारको नामावली प्रकाशन गरिँदैछ । यसअघि शनिबार उम्मेदवारी दर्ता गरिएको थियो ।

    फागुन २५ गते हुने राष्ट्र प्रमुखको निर्वाचनमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुवासचन्द्र नेम्वाङको मात्र उम्मेदवारी परेको हो ।



    निर्वाचन कार्यतालिका अनुसार राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ ।



    प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई मतदानस्थल तोकिएको छ । मतदानका लागि दुईवटा मतदान केन्द्र रहनेछन् ।

    एउटा मतदान केन्द्रमा संघीय सांसद र अर्कोमा प्रदेशसभाका सदस्यले मतदान गर्नेछन् । प्रदेशसभाका सदस्य ५५० र संघीय संसदका ३३२ गरी ८८२ मतदाता रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार