Online Nepal
  • शुक्रबार, ११ जेष्ठ २०८१
  • अभिनेता पल शाह आज एक वर्षपछि पक्राउ परेकै दिन रिहा हुँदै

    अभिनेता पल शाह आज एक वर्षपछि पक्राउ परेकै दिन रिहा हुँदै

    अनलाइन नेपाल
  • सोमबार, १५ फाल्गुन २०७९
  • 915
    SHARES

    काठमाडौं । बाल यौन दुरुपयोगको मुद्दामा उच्च अदालत पोखराबाट सफाइ पाएका अभिनेता पल शाह आज जेलमुक्त हुँदै छन् ।

    जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेका शाह आज रिहा हुन लागेका हुन् । पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले शाहले सबै अभियोगबाट पूर्ण सफाइ पाएकाले आज रिहा हुने जानकारी दिए ।



    एक गायिकाले सुटिङको क्रममा शाहले आफूलाई बलात्कार गरेको भन्दै २०७८ फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएकी थिइन् । १५ फागुनमा शाहले जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका थिए ।



    त्यसपछि ती गायिकाले नवलपरासी पूर्वको एक रिसोर्टमा पनि २०७७ चैत ७ गते आफूमाथि शाहले बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा पनि जाहेरी दिएकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार