Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • राष्ट्रपति निर्वाचन : उम्मेदवारको नाम फिर्ता र अन्तिम नामावली आज प्रकाशन हुने

    राष्ट्रपति निर्वाचन : उम्मेदवारको नाम फिर्ता र अन्तिम नामावली आज प्रकाशन हुने

    अनलाइन नेपाल
  • मंगलबार, १६ फाल्गुन २०७९
  • 399
    SHARES

    काठमाडौं । राष्ट्रपति निर्वाचनअन्तर्गत आज उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन हुँदैछ । निर्वाचन आयोगले तय गरेको निर्वाचन कार्यक्रमअनुसार मंगलबार उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन हुन लागेको हो ।

    आज सुरुमा उम्मेदवारमध्ये कसैले चाहेमा नाम फिर्ताको समय दिइनेछ। नाम फिर्ता लिन चाहने उम्मेदवारका लागि मंगलबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्मको समय छ।



    उम्मेदवारहरुले नाम फिर्ता लिने समय सकिएपछि अन्तिम नामावली प्रकाशन गरिने छ। निर्वाचन कार्यतालिका अनुसार राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ ।



    अपराह्न ४ बजेदेखि मतगणना प्रारम्भ हुने र सोही दिन साँझ ७ बजेभित्रमा नतिजा सार्वजनिक गर्ने आयोगको तयारी रहेको छ ।राष्ट्रपतिमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमाले नेता सुवास नेम्वाङको उम्मेदवारी परेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार