Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • सिके राउतले भने – दलहरु फेरिए तर सरकार फेरिएको छैन, अहिले नै सरकार छाड्दैनौँ

    सिके राउतले भने – दलहरु फेरिए तर सरकार फेरिएको छैन, अहिले नै सरकार छाड्दैनौँ

    अनलाइन नेपाल
  • मंगलबार, १६ फाल्गुन २०७९
  • 408
    SHARES

    काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउत (सीके)ले आफूहरु सरकारबाट नबाहिरिने बताएका छन्।

    काठमाडौंमा आयोजित विद्यार्थी संघको केन्द्रीय बैठक तथा प्रशिक्षण कार्यक्रममा अध्यक्ष राउतले जनमत पार्टी सरकारबाट नबाहिरिने बताएका हुन् ।



    उनले माओवादी केन्द्रकै नेतृत्व रहेकोले सरकार बदलिएको भन्न नमिल्ने बताए। सरकारमा सामेल भएका दलहरु फेरिने भए पनि सरकार नफेरिने उनको भनाइ छ।



    उनले भने, ‘जनमत पार्टीको लागि कुनै त्यस्तो कुनै नयाँ परिस्थिति सिर्जना भएको छैन। त्यही भएर जनमत पार्टी सरकारमा यथावत छ। यो भन्दा पहिला पनि माओवादीकै नेतृत्वमा सरकार थियो। अहिले पनि माओवादीकै नेतृत्वमा सरकार छ। सरकार कहाँ बदलिएको छ त? दलहरु फेरिए तर सरकार फेरिएको छैन। हामी त्यही भएर सरकारमा यथावत छौँ।’

    जनमत पार्टी सरकारमा यथावत रहेको उनले बताए। अन्य पार्टीहरु आफ्नो माग पूरा नभएकाले बाहिरिएको भन्दै उनले जनमत पार्टीका लागि सरकार छोड्नुपर्ने कुनै परिस्थिति नआएको बताए।

    अध्यक्ष राउतले राष्ट्रपतिमा आफूहरुले स्वच्छ छवि भएको र दल विशेषको भूमिका नखेल्ने व्यक्ति खोजेको उल्लेख गर्दै त्यही बमोजिमको पात्रको रुपमा रामचन्द्र पौडेललाई समर्थन गरेको बताए। जनमत पार्टी राष्ट्रपति र सभामुख एउटै पार्टीलाई दिनु नहुने पक्षमा रहेकाले पनि पौडेललाई समर्थन गरेको उनले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार