Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • ९ हजार घुससहित मालपोतका सुब्बा रंगेहात पक्राउ

    ९ हजार घुससहित मालपोतका सुब्बा रंगेहात पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १८ फाल्गुन २०७९
  • 543
    SHARES

    महोत्तरी । महोत्तरीको मालपोत कार्यालय जलेश्वरको मुद्दा फाँटमा कार्यरत नायव सुब्बा र लेखापढी व्यवसायी घुस रकमसहित पक्राउ परेका छन् ।

    नायव सुब्बा रामकृष्ण पण्डित र मालपोतछेउमै सञ्चालित सुभाष भू -सेवा केन्द्रका सञ्चालक लेखापढी व्यवसायी सुभाषचन्द्रलाल कर्ण नौ हजार घुस रकमसहित पक्राउ परेका हुन् ।



    अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बर्दिबासका डिएसपी सुभाष राईको टोलीले बिहीबार अपराह्न उनीहरूलाई पक्राउ गरेको हो ।



    मालपोतका सुब्बा पण्डितले सेवाग्राहीसँग रकम लिएर लेखापढी व्यवसायी कर्णको फार्ममा आएर सो रकम राख्न दिएको वेला उनीहरूलाई पक्राउ गरेको अख्तियारले जनाएको छ ।

    घुस रकमसहित पक्राउ परेका दुवैलाई आवश्यक अनुसन्धाका लागि बर्दिवास कार्यालय युर्याएको अख्तियारले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार