Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • माओवादी कांग्रेसको ढोक्सामा परेको हैन : कृष्णबहादुर महरा

    माओवादी कांग्रेसको ढोक्सामा परेको हैन : कृष्णबहादुर महरा

    अनलाइन नेपाल
  • शनिबार, २० फाल्गुन २०७९
  • 567
    SHARES

    उदयपुर । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले माओवादी नेपाली कांग्रेसको ढोक्सामा नपरेको बताएका छन् ।

    उदयपुरको कटारीमा आजदेखि सुरु भएको एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन, कोशी प्रदेशको दोस्रो सम्मेलनमा बोल्दै उपाध्यक्ष महराले यस्तो बताएका हुन् ।



    उनले भने,’राष्ट्रपतिको दायित्व नै संविधान तथा गणतन्त्रको रक्षा एवं शान्ति प्रक्रियाको काम पुरा गर्नु भएकाले हामीले यो समीकरण बनाएका हौँ ।’



    उनले संविधान र गणतन्त्रको रक्षा गर्दै शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न कांग्रेससंग सहकार्य गरेको बताए ।

    उपाध्यक्ष महराले आठ दलका साझा उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपतिमा जित्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार