Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • दुर्गा प्रसाईँ भन्छन् – राजतन्त्र जिन्दावाद नभन्नू

    दुर्गा प्रसाईँ भन्छन् – राजतन्त्र जिन्दावाद नभन्नू

    अनलाइन नेपाल
  • शनिबार, २० फाल्गुन २०७९
  • 726
    SHARES

    काठमाडौं । व्यवसायी दुर्गा प्रसाईँले ‘राजतन्त्र–जिन्दावाद’ नभन्न आग्रह गरेका छन् ।

    राजतन्त्र पुनस्थापना गर्ने भन्दै शनिबार काठमाडौंको नयाँ बानेश्वरबाट आन्दोलनको शुभारम्भ गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।



    पूर्वराजा ज्ञानेन्द्र शाह उपस्थित नभएपछि राजतन्त्र जिन्दावादको नारा नलगाउन उनले आग्रह गरे ।



    यस अघि उनका समर्थकहरुले राजा आऊ, देश बचाऊलगातका नाराबाजी लगाउँदै प्रर्दशन गरिरहेका थिए । तर प्रसाईले आफ्नो सम्बोधनको क्रममा राजतन्त्र जिन्दावादको नारा नलगाउन आग्रह गरे ।

    ‘म तपाईहरुलाई राजतन्त्र जिन्दाबाद नभन्न आग्रह गर्दछु । किनभने राजतन्त्र चाहिनका लागि त उहाँहरु पनि आन्दोलनमा आउनु पर्‍यो नि । हामीसँगै आउनु पर्‍यो । भिडनु पर्‍यो । हामीलाई साथ दिनु पर्‍यो । हामी राजा देखाएर रोटी साट्ने मान्छे होइन दुर्गा प्रसाईँ । म राजा देखाएर सांसद बनेर जान्न,’ उनले भने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार