Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • दुर्गा प्रसाईँलाई महेश बस्नेतको चेतावनी – युवा संघको तागत ननाप्नू, अब सुध्रीउ

    दुर्गा प्रसाईँलाई महेश बस्नेतको चेतावनी – युवा संघको तागत ननाप्नू, अब सुध्रीउ

    अनलाइन नेपाल
  • सोमबार, २२ असोज २०८०
  • 3.9K
    SHARES

    काठमाडौं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई युवा संघको तागत ननाप्न चेतावनी दिएका छन् ।

    सोमबार दिउँसो युवा संघका कार्यकर्ताले दुर्गा प्रसाईंलाई अभद्र व्यवहार गर्दै कालोमोसो दलेपछि एमालेका अध्यक्ष केपी शर्मा ओली र बस्नेतलाई धन्यवाद दिँदै पैंचो तिर्ने बताएका थिए । प्रसाईंको उक्त अभिव्यक्तिपछि महेश बस्नेतले कालोमोसो दलिएकोमा उचित ठहर्‍याउँदै युवा संघको तागत ननाप्न चेतावनी दिएका हुन् ।



    ‘बैंक तथा वित्तीय संस्थालाई चुनौती दिने, विभिन्न समुदायलाई देश निकाल्छु, कालोमोसो दल्छु भन्ने आपराधिक कर्म गर्ने दुर्गा प्रसाईंलाई युवाहरुले आज तह लाएछन। अब सुध्रीउ, अरुलाई दोष नलगाउ। यस्तालाई सरकारले कारबाही गरोस्। जन प्रतिरोध हुनु राम्रो होइन। युवा संघको तागत ननाप प्रसाईं !’ बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन् ।



    सोमबार काठमाडौंको जमलस्थित एक होटलमा पत्रकार सम्मेलन समापन गरेर निस्किने क्रममा प्रसाईंमाथि कालो मोसो दलिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार