Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • प्रसाईंद्धारा ओली र बस्नेतलाई धन्यवाद दिँदै कालोमोसोको पैंचो फिर्ता गर्ने घोषणा

    प्रसाईंद्धारा ओली र बस्नेतलाई धन्यवाद दिँदै कालोमोसोको पैंचो फिर्ता गर्ने घोषणा

    अनलाइन नेपाल
  • सोमबार, २२ असोज २०८०
  • 22.6K
    SHARES

    काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूमाथि कालोमोसो दल्ने एमाले कार्यकर्ता भएको आरोप लगाउँदै पैंचो नेपाली जनताले छिट्टै फिर्ता गर्ने बताएका छन् ।

    उनले सोमबार साँझ सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र महेश बस्नेतलगायत सम्पूर्ण एमाले तथा राष्ट्रिय युवा संघलाई धन्यवाद समेत दिए ।



    उनले लेखेका छन् ‘हजुरबुबा केपी ओली र कमरेड महेश बस्नेत लगायत सम्पूर्ण एमाले तथा राष्ट्रिय युवा संघ लाई धन्यवाद छ १ तपाईंहरूले दिनुभएको पैंचो नेपाली जनताले छिट्टै फिर्ता गर्ने छ ! प्रतीक्षा गर्नुहोस् !’



    उनलाई केही व्यक्तिले आज कालो मोसो दलेका थिए । प्रसाईंले सोमबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरेका थिए । पत्रकार सम्मेलन सकेर बाहिर निस्किने क्रममा अज्ञात व्यक्तिले कालोमोसो दलेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार