Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • दुर्गा प्रसाईंविरूद्ध प्रहरीमा उजुरी, राष्ट्रिय गानको अपमान गरेको आरोप

    दुर्गा प्रसाईंविरूद्ध प्रहरीमा उजुरी, राष्ट्रिय गानको अपमान गरेको आरोप

    अनलाइन नेपाल
  • मंगलबार, ५ मंसिर २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरूद्ध उजुरी परेको छ ।

    पुरानो राष्ट्रिय गान बजाएको भन्दै प्रसाईंविरूद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालले उजुरी दिएको हो ।



    गत कात्तिक २८ गते जनकपुरधामस्थित हिन्दु सम्राट सेनाले आयोजना गरेको कार्यक्रममा पुरानो राष्ट्रिय गान बजाएको भन्दै प्रसाईंविरूद्ध उजुरी परेको हो ।



    युवा संघ धनुषा अध्यक्ष रोषणकुमार यादवले प्रसाईंविरूद्ध प्रहरीमा उजुरी दिएका हुन् ।

    कुनै व्यक्तिलाई संविधान र कानून प्रतिकूल हुने काम गर्न छुट नरहेको भन्दै यादवले प्रसाईंलाई हदैसम्म कैद तथा जरिवाना माग गर्दै उजुरी दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार