Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्कियो

    नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्कियो

    अनलाइन नेपाल
  • मंगलबार, २३ फाल्गुन २०७९
  • 696
    SHARES

    काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईमा भएको त्रिकोणात्मक शृंखला खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।

    यूएई गएको नेपाली टोली मंगलबार साँझ स्वदेश फर्किएको हो । यूएई भ्रमणका क्रममा नेपालले खेलेको चारमध्ये तीन खेलमा जित हात पारेको थियो ।



    नेपालले पपुवा न्युगिनी र घरेलु टोली यूएईसँग समान २र२ खेल खेलेको थियो । जसमा पपुवा न्युगिनीसँगका दुवै खेल जितेको थियो भने यूएईसँगको पहिलो खेल हारेको थियो ।



    नेपालले पपुवा न्युगिनी र यूएईसँग नै घरेलु मैदानमा आईसीसी विश्वकप लिग–२ अन्तर्गतको अन्तिम सिरिज फागुन २५ गतेबाट खेल्दैछ । नेपालसँगै यूएई पनि नेपालमा हुने सिरिजका लागि आज नै नेपाल आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार