Online Nepal
  • आइतबार, १३ जेष्ठ २०८१
  • राष्ट्रिय व्यक्तित्वलाई निजामतीसरह उपचार सुविधा दिने कार्यविधि बनाउँदैछौं : मन्त्री मोदी

    राष्ट्रिय व्यक्तित्वलाई निजामतीसरह उपचार सुविधा दिने कार्यविधि बनाउँदैछौं : मन्त्री मोदी

    अनलाइन नेपाल
  • आइतबार, २८ फाल्गुन २०७९
  • 537
    SHARES

    काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले निजामती सेवा अस्पतालमा राष्ट्रिय व्यक्तित्वलाई निजामती सरह सुविधा दिने तयारी भइरहेको बताएका छन् ।

    राष्ट्रिय समावेशी म्युजिक अवार्ड वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रिय व्यक्तिको सम्मानका लागि उपचारमा निजामती सरह सुविधा उपलब्ध गराउने तयारी भइरहेको जानकारी गराएका हुन् ।



    ‘तपाईंहरुको लागि सरकारका तर्फबाट गर्न सक्ने सहयोग र समन्वय गर्न म सदैव तत्पर छु’, मन्त्री मोदीले भने, ‘मन्त्रालयअन्तर्गतको निजामती सेवा अस्पतालमा अहिले निजामती सेवाकाले मात्रै सुविधा पाउँछन्, अब त्यहाँ राष्ट्रिय कलाकार, राष्ट्रिय खेलाडी, सहिद तथा बेपत्ता परिवारलाई निजामती सरह सुविधा दिने गरी कार्यविधि बनाउँदैछौं।’



    राष्ट्रिय व्यक्तित्वको सम्मानका लागि आफूले यो काम गर्न लागेको मन्त्री मोदीको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार