Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • भरुवा बन्दुक पड्किँदा सल्यानमा एक जनाको मृत्यु

    भरुवा बन्दुक पड्किँदा सल्यानमा एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, ३० फाल्गुन २०७९
  • 840
    SHARES

    सल्यान । भरुवा बन्दुक पड्किँदा सल्यानमा एक जनाको मृत्यु भएको छ ।

    बनगाड कुपिण्डे-९, स्वाराका अन्दाजी ४० वर्षीय चित्रबहादुर रावतको भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको हो ।



    जंगलमा सिकार खेल्न गएका बेला सोही ठाउँका आइते रावतले बोकेको भरुवा बन्दुक एक्कासी पड्किएर पेट र घाँटीमा चोट लागेर गम्भीर घाइते भएका चित्रबहादुरको उपचारका लागि सुर्खेत लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।



    शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान पठाइएको प्रहरीले जनाएको छ ।

    घटनामा संलग्न आइते रावत फरार भएको र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार