Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • इङ्ल्यान्डविरुद्धको सिरिजमा बंगलादेशको ‘क्लीन स्वीप’

    इङ्ल्यान्डविरुद्धको सिरिजमा बंगलादेशको ‘क्लीन स्वीप’

    अनलाइन नेपाल
  • मंगलबार, ३० फाल्गुन २०७९
  • 471
    SHARES

    काठमाडौं । घरेलु टोली बंगलादेशले सन् २०२२ को विश्वकप विजेता इङ्ल्यान्डविरुद्ध तीन खेलको टी–२० सिरिजमा ‘क्लीन स्वीप’ गरेको छ ।

    मिरपुरमा मंगलबार भएको तेस्रो तथा अन्तिम खेलमा बंगलादेशले पाहुना टोली इङ्ल्यान्डलाई १६ रनले पराजित गरेको हो । यससँगै बंगलादेशले सिरिज ३–० ले कब्जा जमाएको हो । बंगालादेश पहिलो खेलमा ६ विकेट र दोस्रो खेलमा चार विकेटले विजयी भएको थियो ।



    जितका लागि एक सय ५९ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ४२ रनमा समेटिएको थियो । इङ्ल्यान्डका लागि ओपनर डाबिड मलानले ५३ रन बनाए । कप्तान जोस बटलरले ४०, क्रिस वोक्सले अविजित १३ र बेन डुकेट ११ रन बनाए ।



    बलिङमा बंगलादेशका टस्किन अहमदले दुई तथा तनविर इस्लाम, मुस्ताफिजुर रहमान र कप्तान शकिव अल हसनले एक एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धाीरत २० ओभरमा दुई विकेटको क्षतिमा एक सय ५८ रन बनाएको थियो ।

    बंगलादेशका लागि ओपनर लिन्टन दासले ७३ रन बनाए । नजमुल होसाइन शान्तोले अविजित ४७ र रोनी तालुकदारले २४ रन बनाए । बलिङमा इङ्ल्यान्डका आदिल राशिद र क्रिस जोर्डनले एक एक विकेट लिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार