Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • पीएनजीले यूएईलाई दियो २३५ रनको बलियो लक्ष्य

    पीएनजीले यूएईलाई दियो २३५ रनको बलियो लक्ष्य

    अनलाइन नेपाल
  • बुधबार, १ चैत्र २०७९
  • 477
    SHARES

    काठमाडौं । आईसीसी विश्वकप लिग-२ मा आफ्नो अन्तिम खेलमा पपुवा न्यूगिनीपीएनजीले यूएईलाई २ सय ३५ रनको लक्ष्य दिएको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको यूएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ३४ रनको योगफल तयार पारेको हो ।



    पीएनजीका कप्तान आसाद भालाले सर्वाधिक ६२ रन योगदान गरे । उनले आउट हुनुअघि ९२ बल खेल्दै ६ चौका र एक छक्का प्रहार गरे । ओपनर किप्लिन डोरिगा ६० बल खेल्दै तीन चौकाको मद्दतमा २४ रन बनाएर आउट हुँदा चाल्र्स अमिनीले २२ रन र गोउदी टोकाले १५ रन बनाए ।



    रिले हिकुरे २२ बलमा तीन चौका र २ छक्कासहित ३३ रनमा आउट हुँदा बिष्फोटक इनिङ खेलेका नोर्मान भानुवा ३१ बलमा ५ छक्का र १ चौको मद्दतमा ४९ रनमा अविजित रहँदा अर्धसतक बनाउन एक रनले चुके ।

    तालिकाको पुछारमा रहेको पीएनजी आजको खेलमा यूएईलाई पराजित गर्दै लिग २ शृंखला सुखद अन्त्य गर्ने लक्ष्यमा छ । जारी लिगमा पीएनजी दुई खेलमा नेपालसँग पराजित भएको थियो । भने, एक खेलमा यूूएईलाई हराएको थियो । यूएई शृंखलाको पहिलो खेलमा नेपालसँग पराजित हुँदा एकदिवसीय मान्यता गुमाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार