Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • वासिमको शतकमा पीएनजीविरुद्ध यूएईको शानदार जीत

    वासिमको शतकमा पीएनजीविरुद्ध यूएईको शानदार जीत

    अनलाइन नेपाल
  • बुधबार, १ चैत्र २०७९
  • 411
    SHARES

    काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय एकदिवसीय श्रृंखलामा यूएईले नेपालसँग खेल्नुअघि पपुवा न्यूगिनी (पीएनजी)माथि ६ विकेटको शानदार जीत निकालेको छ ।

    त्रिवि क्रिकेट मैदानमा पीएनजीले दिएको २३५ रनको लक्ष्य यूएईले ३८.४ ओभरमा ४ विकेट गुमाएर पुरा गरेको हो । युएईको जितमा ओपनर तथा कप्तान मुहम्मद वासिमले ७६ बलमा १ सय १९ रनको शतकीय ईनिङ खेले ।



    ६१ बलमा शतक पूरा गरेका वासिमले ७६ बलमा १२ छक्का र ६ चौका प्रहार गरेका थिए । भृत्य ५६ बल खेल्दै ५ चौका प्रहार गरेर ३३ रनमा आउट भएका थिए ।



    आर्यन अफजल खान २७ रनमा पभेलियन फर्कंदा, चुन्दन्गापोयल रिजवान ४४ बल खेल्दै ४ चौका प्रहार गरेर २९ रन र आसिफ खान ३ बलमा समान एक चौका र छक्का प्रहार गर्दै ११ रनमा अविजित रहे ।

    पीएनजीका रिले हिकुरेले ७ ओभरमा १ मेडन राख्दै २४ रन खर्चिएर दुई विकेट लिए । मोयरा र जोन कारिकोले एक-एक विकेट लिए । पहिला ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २३४ रनको योगफल तयार पारेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार