Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • खेलमा फर्किंदै नेपाल, यूएईले गुमायो चौथो विकेट

    खेलमा फर्किंदै नेपाल, यूएईले गुमायो चौथो विकेट

    अनलाइन नेपाल
  • बिहिबार, २ चैत्र २०७९
  • 519
    SHARES

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा नेपाललाई यूएईविरुद्ध चौथो सफलता मिलेको छ।

    यूएईविरुद्धको खेलमा दिपेन्द्रसिंह ऐरीले नेपाललाई चौथो विकेट दिलाएका हुन् ।



    टियूमा जारी त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा यूएईका आर्यन आफजाल खानलाई ३ रनमै ऐरीले आउट गराए।



    २७ ओभरको खेल सकिँदा पाहुना टोली यूएईले ४ विकेटको क्षतीमा १२८ रन बटुलेको छ ।

    नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २७ औं ओभरको पहिलो बलमा आयन अफजाल खानको विकेट लिएका हुन्।

    ११ बल खेलेर ३ रन बनाइरहेका अफजाललाई गुलसन झाले क्याच आउट गरे।

    यसअघि नेपालका लागि सन्दीप लामिछाने र ललितनारायण राजबंशीले १-१ विकेट हात पारेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार