Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • नेपालले गुमायो तेस्रो विकेट,रोहित पनि आउट

    नेपालले गुमायो तेस्रो विकेट,रोहित पनि आउट

    अनलाइन नेपाल
  • बिहिबार, २ चैत्र २०७९
  • 558
    SHARES

    काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ ।

    त्रिवि क्रिकेट मैदानमा युएईले दिएको ३११ रनको लक्ष्य पछयाएको नेपालले ७ औं ओभरमा तेस्रो विकेट गुमाएको हो ।



    नेपालका कप्तान रोहित कुमार पौडेल १६ रन बनाएर आउट भए । सातौं ओभरको पाँचौ बलमा मोहम्मद वासिमले रोहितलाई क्याचआउट गराए।



    यसअघि नेपालले सुरुका २ ओभरमा लगातार विकेट गुमाएको थियो।

    पहिलो ओभरको तेस्रो बलमै ओपनर आसिफ शेखलाई गुमाएको नेपालले दोस्रो ओभरको पनि तेस्रो बलमा कुशल मल्ललाई गुमाउन पुग्यो।

    अहिले अहिले कुशल भुर्तेल र भीम सार्की क्रिजमा छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार