Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • यूएईविरुद्ध अर्धशतक बनाएर आउट भए भुर्तेल

    यूएईविरुद्ध अर्धशतक बनाएर आउट भए भुर्तेल

    अनलाइन नेपाल
  • बिहिबार, २ चैत्र २०७९
  • 441
    SHARES

    काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालका लागि कुशल भुर्तेलले अर्धशतक बनाएका छन् ।

    त्रिवि क्रिकेट मैदानमा युएईले दिएको ३११ रनको लक्ष्य पछ्याएको नेपालका लागि कुशलले १६ औं ओभरमा अर्धशतक पूरा गरेका हुन् ।



    युएईले दिएको ३११ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालका लागि कुशलले ३२ बलमा अर्धशतक पूरा गरे । कुशलले ३२ बल खेल्दै ३ चौका र ४ छक्का प्रहार गरे ।



    ओपनर भुर्तेल अर्धशतक पूरा गरेर आउट भए। योसँगै नेपालले एक सय रन पूरा नगर्दै चौथो विकेट गुमाएको छ।

    १७औं ओभरको तेस्रो बलमा कुशल क्याचआउट भएका हुन्। ३५ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै नेपालको इनिङ उकासेका थिए। खराब सुरुवात गरेको नेपाल १६.३ ओभरमा ४ विकेट गुमाएर ९८ रनको स्थितिमा छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार