Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • स्ववियु निर्वाचन : आजदेखि प्रचार–प्रसार रोक, के-के गर्न पाइँदैन ?

    स्ववियु निर्वाचन : आजदेखि प्रचार–प्रसार रोक, के-के गर्न पाइँदैन ?

    अनलाइन नेपाल
  • शुक्रबार, ३ चैत्र २०७९
  • 819
    SHARES

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयका क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा आज रातिदेखि मौन अवधि सुरु हुने भएको छ ।

    स्ववियु निर्वाचन आचारसंहिताअनुसार आज राति १२ बजेदेखि मौन अवधि सुरु हुनेछ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले उम्मेदवारले आज राति १२ बजेदेखि स्ववियु चुनावको प्रचार–प्रसार गर्न नपाउने बताए ।



    उनले निर्वाचन हुनुभन्दा ४८ घण्टा अगाडि प्रचार–प्रसार बन्द गरिएको जानकारी दिए । आज रातिदेखि आचारसंहिता लाग्ने भएपछि आज सम्बन्धित क्याम्पसले उम्मेदवारको प्रचार–प्रसारका लागि एउटा कार्यक्रम गरी परिचयात्मक कार्यक्रम राखेका थिए ।



    यही चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि पाँच दिनको लागि मात्र प्रचार–प्रसारको समय छुट्याइएको थियो। निर्वाचनका लागि यही फागुन २७ गते उम्मेदवार मनोनयनपत्र दर्ता गरिएको थियो।

    स्ववियु निर्वाचन आचारसंहितामा प्रचार–प्रसार गर्नका लागि रङरोगन र कुनै पनि प्रकारको पोष्टर टाँस्न नपाइने तथा निर्वाचनसम्बन्धी कुनै पनि तुल, फ्लेक्स र कुनै प्रकारको पोष्टर टाँस्न नपाइने उल्लेख गरिएको छ।

    उम्मेदवारले आफ्नो निर्वाचन घोषणापत्र र उम्मेदवारको नामावलीको एफोर साइजको एकै रङ भएको पर्चामात्र प्रचार–प्रसार गर्न पाइने आचारसंहितामा उल्लेख गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार