Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • स्ववियु निर्वाचन आज : बिहान ८ बजेदेखि मतदान

    स्ववियु निर्वाचन आज : बिहान ८ बजेदेखि मतदान

    अनलाइन नेपाल
  • आइतबार, ५ चैत्र २०७९
  • 633
    SHARES

    काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ ।

    त्रिभुवन विश्वविद्यालयका आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरुमा आज नयाँ नेतृत्वका लागि निर्वाचन हुन लागेको हो । ६० आंगिक र एक हजार ४० सम्बन्धन क्याम्पसमा स्ववियु निर्वाचन हुन लागेको त्रिविले जनाएको छ ।



    स्ववियु निर्वाचनअन्तर्गत आज बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ । प्रत्येक दुई/दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन २०६५ सालयता नियमित हुन सकेको थिएन । पहिलोपटक स्ववियु नेतृत्व मिश्रित निर्वाचन प्रणालीमार्फत आउने छन्।



    जसअनुसार अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएर नेतृत्वमा पुग्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार