Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • देशभर त्रिविका क्याम्पसहरुमा स्ववियु निर्वाचनको मतदान सुरु

    देशभर त्रिविका क्याम्पसहरुमा स्ववियु निर्वाचनको मतदान सुरु

    अनलाइन नेपाल
  • आइतबार, ५ चैत्र २०७९
  • 534
    SHARES

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा आइतवार निर्धारित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तरगत मतदान सुरु भएको छ ।

    मतदान बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म चल्ने जनाइएको छ । ६० आंगिक र एक हजार ४० सम्बन्धन क्याम्पसमा स्ववियु निर्वाचन हुन लागेको त्रिविले जनाएको छ । विगत १४ वर्षदेखि हुन नसकेको स्ववियु निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न त्रिविले सबैसँग आग्रह गरेको छ ।



    प्रत्येक दुई/दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन २०६५ सालयता नियमित हुन सकेको थिएन । पहिलोपटक स्ववियु नेतृत्व मिश्रित निर्वाचन प्रणालीमार्फत आउने छन्।



    जसअनुसार अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएर नेतृत्वमा पुग्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार