Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • स्ववियु निर्वाचन : कैलालीका ९ क्याम्पसमा मतदान जारी

    स्ववियु निर्वाचन : कैलालीका ९ क्याम्पसमा मतदान जारी

    अनलाइन नेपाल
  • आइतबार, ५ चैत्र २०७९
  • 675
    SHARES

    कैलाली । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरूमा देशभर स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन जारी छ ।

    त्रिविका ६२ आंगिक क्याम्पसमध्ये ४८ र सामुदायिक क्याम्पसमा निर्वाचन हुँदैछ । ऐश्वर्य बहुमुखी क्याम्पससहित कैलालीका ९ क्याम्पसमा मतदान जारी छ।



    यहाँको ऐश्वर्य बहुमुखी क्याम्पस, चौमाला बहुमुखी क्याम्पस, खप्तड बहुमुखी क्याम्पस, बुलबुले बहुमुखी क्याम्पस, राष्ट्रिय कलेज सुखड, घोडाघोडी बहुमुखी क्याम्पस लम्किचुहा बहुमुखी क्याम्पस, मोहन्याल बहुमुखी क्याम्पस र रघुनाथ बहुमुखी क्याम्पसमा निर्वाचन हुन लागेको हो ।



    बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुने छ । त्यसलगत्तै मत गणना हुने जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार