Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • त्रिविका १३ क्याम्पसमा रोकियो स्ववियु निर्वाचन

    त्रिविका १३ क्याम्पसमा रोकियो स्ववियु निर्वाचन

    अनलाइन नेपाल
  • आइतबार, ५ चैत्र २०७९
  • 702
    SHARES

    काठमाडौं । । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरूमा देशभर स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन जारी छ ।

    त्रिविका ६२ आंगिक क्याम्पसमध्ये ४८ र सामुदायिक क्याम्पसमा निर्वाचन हुँदैछ । विद्यार्थी सङ्गठनबीच विवाद हुँदा उपत्यकाका केही क्याम्पससहित निर्वाचन प्रक्रिया रोकिएको छ ।



    उपत्यकामा आरआर क्याम्पस, अमृत साइन्स क्याम्पस, पाटन संयुक्त क्याम्पस, नेपाल कमर्स क्याम्पस र विश्वभाषा क्याम्पसमा निर्वाचन प्रक्रिया अबरुद्ध रहेको छ ।



    यस्तै सबैभन्दा धेरै विद्यार्थी भएको पोखराको पृथ्वीनारायण क्याम्पस, पश्चिमाञ्चल इञ्जीनियरिङ क्याम्पस, पोखरा वन क्याम्पस, पोखरा नर्सिङ क्याम्पस, ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्ज, वीरेन्द्र बहुमुखी क्याम्पस चितवन, धवलागिरि बहुमुखी क्याम्पस बागलुङ र सिद्धनाथ साइन्स बहुमुखी क्याम्पस निर्वाचन प्रक्रिया रोकिएको छ ।

    यस्तै त्रिचन्द्र क्याम्पसमा यही चैत ९ गतेका लागि तोकिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार