Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • स्याङ्जाको सिद्धार्थ क्याम्पसमा अनेरास्ववियुको प्यानलै विजयी

    स्याङ्जाको सिद्धार्थ क्याम्पसमा अनेरास्ववियुको प्यानलै विजयी

    अनलाइन नेपाल
  • आइतबार, ५ चैत्र २०७९
  • 465
    SHARES

    पोखरा । स्याङ्जाको फेदीखोलास्थित सिद्धार्थ बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा अनेरास्ववियुका सन्जोग थापा निर्वाचित भएका छन् ।

    आइतबार भएको निर्वाचनमा नेविसंघका विजय अधिकारीलाई ११ मत अन्तरले पराजित गरी उनी निर्वाचित भएका हुन् ।



    त्यसैगरी सचिवमा कुशुम ढकाल र कोषाध्यक्षमा रेश्मी नेपाली निर्वाचित भएका छन्।



    सदस्यहरुमा अमिशा सुनार, कविता गुरुङ, अनुपराज गौतम, अमिशा गौतम, पुष्पा कुँवर, प्रतिक्षा गोदार र स्मृति कुँवर निर्वाचित भएका छन्।

    त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा अहिले निर्धारित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तरगत मतदान जारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार