Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ल क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका विष्णु ढुंगेल विजयी

    ल क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका विष्णु ढुंगेल विजयी

    अनलाइन नेपाल
  • सोमबार, ६ चैत्र २०७९
  • 648
    SHARES

    काठमाडौं । काठमाडौंको प्रदर्शनमार्थस्थित नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका विष्णु ढुंगेल विजयी भएका छन् ।

    सत्ता पक्षीय दलनिकट विद्यार्थी संगठनको गठबन्धनका साझा उम्मेदवार ढुंगेल एमालेनिकट अनेरास्ववियुका कैलाश तामाङलाई पराजित गर्दै स्ववियु सभापति निर्वाचित भएका हुन्।



    ढुंगेलले ५९१ मत प्राप्त गर्दा तामाङलाई ५३९ मत खसेको छ । यस्तै सचिवमा नेविसंघका मनोज सिंह ६०१ र कोषाध्यक्षमा अनेरास्ववियुका सन्ज्योति नेम्वाङ ४२३ विजयी भएका छन्।



    ७ सदस्यमध्ये ५ सदस्य अनेरास्ववियुले जितेको छ। अनेरास्ववियुका समिर रिजाल, प्रियंका साउँद, प्रज्ञा ज्ञवाली, शिरिष पौडेल र आशुतोष कुमार गुप्ता सदस्यमा विजयी भएका छन् ।

    यस्तै नेविसंघबाट अमृत ढकाल र सपना गौतम सदस्यमा विजयी भएका छन् । अखिल (क्रान्तिकारी) ले ल क्याम्पसको स्ववियुमा ३३ वर्षपछि जित हात पारेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार