Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • लम्की क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुकी तिमिल्सना विजयी

    लम्की क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुकी तिमिल्सना विजयी

    अनलाइन नेपाल
  • सोमबार, ६ चैत्र २०७९
  • 546
    SHARES

    कैलाली । कैलालीको लम्की बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेकपा एमाले सम्बद्ध अनेरास्ववियुकी कल्पना तिमिल्सना विजयी भएकी छन् ।

    अन्तिम मतपरिणामअनुसार तिमिल्सना १६२ मतसहित विजयी भएकी हुन् । एनका प्रतिद्धन्द्धी कांग्रेस सम्बद्ध नेविसंघका भावेस उपाध्यायले १०८ मत प्राप्त गरेका छन् ।



    सचिवमा पनि अनेरास्ववियु क्रान्तिकारीकी पूजा बिस्ट २४९ मतका साथ विजयी भएकी छन् । कोषाध्यक्षमा नेकपा (एकीकृत समाजवादी) पार्टी निकट अनेरास्ववियूकी नियुसा खनाल विजयी भइन् ।



    खनालले २९९ मत पाएकी छन् । सदस्यहरुमा मनीषा भुल, प्रदीप प्रसाद न्यौपाने, प्रकाश धमला, टीका बिसी र सुनिल नेपाली विजयी भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार