Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सञ्चारमन्त्री शर्मा भारत प्रस्थान

    सञ्चारमन्त्री शर्मा भारत प्रस्थान

    अनलाइन नेपाल
  • मंगलबार, ७ चैत्र २०७९
  • 540
    SHARES

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा भारत प्रस्थान गरेकी छन् ।

    मन्त्री शर्मा  नयाँ दिल्लीमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन मंगलबार त्यसतर्फ प्रस्थान गरेकी हुन् ।



    उनी बुधबार अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) को क्षेत्रीय कार्यालय उद्घाटनमा सहभागी हुने कार्यक्रम रहेको छ ।



    कार्यक्रममा विभिन्न देशका सञ्चारमन्त्री सहभागी हुनेछन् । त्यस्तै मन्त्री शर्मा बुधबार नै विभिन्न देशका मन्त्री सहभागी हुने मन्त्रीस्तरीय संवादमा सहभागी हुनेछिन् ।

    मन्त्री शर्मा भारतस्थित नेपाली दूतावास र त्यहाँस्थित नेपाली समुदायले गर्ने कार्यक्रममा पनि सहभागी हुने कार्यक्रम छ ।

    बिहीबार मन्त्री शर्माले भारतीय समकक्षी अश्विनी वैष्णवसित दुईपक्षीय भेटवार्ता गर्ने र शुक्रबार दिउँसो स्वदेश फिर्ता हुने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार