Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • जनमोर्चाका अध्यक्ष केसीले भने – राहदानी प्रकरणमा रविलाई सफाइ दिनु राजनीतिक सौदावाजी

    जनमोर्चाका अध्यक्ष केसीले भने – राहदानी प्रकरणमा रविलाई सफाइ दिनु राजनीतिक सौदावाजी

    अनलाइन नेपाल
  • बुधबार, ८ चैत्र २०७९
  • 429
    SHARES

    काठमाडौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राहदानी प्रकरणमा रवि लामिछानेमाथि मुद्दा चल्नुपर्ने बताएका छन् ।

    अध्यक्ष केसीले बुधबार विज्ञप्ति जारी गर्दै राहदानी प्रकरणमा लामिछानेविरुद्ध मुद्दा चल्नुपर्ने बताएका हुन् ।



    केसीले राहदानी प्रकरणमा लामिछानेका विरुद्ध मुद्दा चलाउने आधार नभएको भनि निजलाई सफाइ दिएकोमा भर्त्सना गरे ।



    केसीले भनेका छन्, ‘रवि लामिछानेले अमेरिकाको नागरिक हुँदा हुँदै त्यागिसकेको नेपाली नागरिकता प्रयोग गरी राहदानी लिएको कुरा कसैबाट लुकेको छैन । नेपालको प्रचलित कानुनले विवरण ढाँटी राहदानी लिने कार्यलाई गैर कानुनी र दण्डनीय मान्दछ ।’

    उनले रवि लामिछानेले विवरण ढाँटी नेपालको राहदानी लिएको भन्दै उनीमाथि कानुनतः मुद्दा चल्नुपर्ने बताएका छन् ।

    राहदानी प्रकरणमा लामिछानेलाई सफाइ दिने सरकारको कार्यको घोर विरोध तथा भर्त्सना गर्दै लामिछानेको पार्टी अमेरिकी साम्राज्यवादको स्वार्थपूर्तिका लागि बनेको दावी जनमोर्चाको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार